मकवानपुर । हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले टोल विकास संस्था स्थानीय विकासको बाहक भएको बताएका छन् ।
हेटौंडा ५ मा रहेको मनकामना पार्क टोल विकास संस्थाको २१ औ बार्षिक साधारण सभामा उपप्रमुख बानियाँले यस्तो बताएका हुन् । साधारण सभाले पुन जानुका संजेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा ध्रुबप्रसाद देवकोटा, सचिव भिमादेवी गुरागाईं, सहसचिव बालकुमारी डल्लाकोटी, कोषध्यक्ष विश्वप्रसाद गौतम चयन भएका छन् ।
यसैगरी भिमसेन तिमल्सेना, अप्सरा ढकाल, रमिता दाहाल र अमिता सुनार सदस्यमा चयन भएका छन् ।
साधारण सभामा टोल विकास संस्था नगर समन्वय समितिको महासचिव शिवहरी दाहालले आर्थिक पाटो र सामाजिक सशक्तीकरणको पाटोमा लागिपर्नु पर्ने बताए ।
यसैगरी मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शंकर उपाध्याय, मनकामना खानेपानी उपभोक्ता समितिको अध्यक्ष कृष्णप्रसाद देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले साधारणसभाको क्रममा संस्थाका सदस्य तथा प्रभा अनुज शैक्षिक पुरस्कार अक्षयकोषका संस्थापक कृष्ण धिताललाई सम्मान गरेको थियो । उक्त कोषबाट यसबर्ष ३ जना पुरस्कृत भएका छन् । संस्थागत र सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०७८/ ०८९ मा उत्कृष्ट अंक ल्याएको आधारमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

यस टोल विकास संस्थामा आवद्ध स्नेहा दाहाल (संस्थागत विद्यालयतर्फबाट), रिया संजेल र गगन अधिकारी (सामुदायिक विद्यालयतर्फबाट) उत्कृष्ट अंक ल्याए बापत पुरस्कृत भएका हुन् ।
हेटौंडा वडा ५ मा २८ वटा र नगरभरी ३६५ वटा टोल विकास संस्थाहरू छन् ।