मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले भौतिक विकाससंगै सामाजिक र मानवीय विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शुक्रबार हेटौँडा ४ मा रहेका गैर सरकारी संस्थाहरूको संयुक्त भेलामा बोल्दै उनले सामाजिक विकृति, विसंगति, कुरिती, कुसंस्कार, अन्धविश्वास, हिंसा, विभेद र असमानताको विरूद्व सामाजिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सामाजिक अभियानलाई प्रभावकारी बनाउन गैर सरकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहने भएकोले वडा कार्यालयले हातेमालो गरेर अगाडि बढ्ने उनले बताए । हेटौँडा वडा नं. ४ मा रहेका विभिन्न गैर सरकारी संस्थाहरूको भेलाले सामाजिक अभियान सञ्जाल मायाँ लामा(माईती नेपाल) को अध्यक्षतामा १३ सदस्यीय गठन गरेको छ ।
सञ्जालको सचिव जेरोम घले(नारी संरक्षण केन्द्र), कोषाध्यक्ष कमला सुवेदी (मकवानपुर महिला समूह), सदस्यहरू अर्जुन खड्का(सिडियो, नेपाल), सकुन्तला पौडेल(कोसिस नेपाल), राजु सुवेदी(मकवापुर पोजेटिभ समूह), सरू विक,(महिला तथा वालवालिका सरोकार केन्द्र), बुद्व लामा (ईस्थर ब्यान्जमिन), कुमारी वाईवा(हिमराईट्स, मकवानपुर), शान्ता वराल, शर्मिला श्रेष्ठ (उज्ज्वल भविष्य), दुर्गा घोरसाईनी(आश्रय नेपाल), राधिका चौलागाई (महिला जागरण समूह) रहेका छन् ।
सञ्जालको सल्लाहकारमा आरती पाठक(अस्मिता नेपाल), सरस्वती बर्ताैला(नारी सीप सृजना केन्द्र) र किरण थापा( ब्लु डाईमन सोसाईटी) रहेको ४ नं. वडा सचिव टीका कडेंलले बताए । भेलामा वडा सदस्य जनरल श्रेष्ठसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।