हेरियो त यस्ले बनाउँछ,
होईन त्यस्ले बनाउछ,भन्दाभन्दै, हजुरबुवा पुस्ता
अझै र्याल काढदै छन् सत्ताको मह चाटदैछन,
देश बर्वाद छ,
जनजिविका संकटको एम्बुसमा परेको छ,
यस्तोमा नयाँ उदय भएका जति पात्र र युवा नेतृत्व छन तिन्का पनि भर देखिएन ।
बोकाको टाउको देखाएर कुकुरको मासु बेच्नेहरु कै छ लहर
गाउँ तिर आउछ भन्थे समाजवाद तर पुँजिवादले छोएको छ सहर,
सहर तिर देखिएको छ कहर,त्यसैले तारणहार खोज्ने नाममा
कसैलाई बिसमार्क चाहिएको छ त कोही हिटलर जन्मनुपर्छ भन्छन्
कोहि वादको पछि छन् त कोही मार्क्सलाइ भगवान भन्छन्
तर तिमीहरू र ममा एउटै फरक छ
तिमी देश बनाउने मान्छे खोज्दै छौ,
म देश बनाउने मान्छे बन्न खोज्दै छु ।
पुष्पलाल मदन बिलाए,शालिन र सादगि मोहनहरू अस्ताए
बिरेन्द्रहरू अकारण मारिए,
यिन्का उत्तराधिकारी भन्नेहरू कलंक निस्किए,
पार्टी तोडने,गठजोड फेर्ने,
बिचार र सिद्धान्त भन्दा सत्ता र पैसा हेर्ने
हैट चरित्रहिन,तिम्रो बन्दुकको नाल केवल सत्ताको भोक हो।
कार्यकर्ता तिम्रा सत्ता प्राप्तिका सोपान हुन।
त्यसैले तिमी र म एउटै फरक छ
तिमी देश बनाउने मान्छे खोज्दैछौ,
म देश बनाउने मान्छे बन्न खोज्दैछु।
आखिर कमल पनि ओईलाउदै छन,
जति उज्ज्वल देखिए पनि
दिपकको ज्योति निभ्न धेरै टाढा छैन,
समयले चटक्क कोल्टे फेर्दा,
इन्द्रको शिंहासन पनि टिक्दैन,
युवा योग्यतमलाई लात हानेर,
निष्ठा र त्याग माथि कतिञ्जेल बुलडोजर चलाउछौ ए कायरहरू,
तिमी ममा यहि फरक छ,
तिमी गल्तिलाई रोज्दैछौ,
पुरानोबाटै हुन्छ भन्छौ, उसैलाई खोज्छौ,
म चाहि देश बनाउने मान्छे आफै बन्न खोज्दैछु ।