मकवानपुर । हिमराइट्स मकवानपुरले सिमान्तकृत समुदायका लागि शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत मकवानपुरको प्राजा आधारभूत विद्यालयमा खाद्यान्न वितरण गरेको छ ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोग तथा हिमराइट्स मकवानपुरको आयोजनामा विद्यालयहरुमा निरन्तर शैक्षिक छात्रावृत्ति सहयोग गर्दै आइरहेको संस्थाले बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । हिमराइट्सले विहीबार मनहरीको प्रजा आधारभुत विद्यालय हाडिखोलामा अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको संस्थाकी प्रमुख कुमारी वाइबाले बताइन् ।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको सभाध्यक्षता तथा मनहरी गाउंपालिका वडा नं ३ का वडा कार्यवाहक अध्यक्ष हिराबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

शिक्षण प्रणालीमा सुधार, तथा समसामयिक विषयमा छलपल गर्दै शिक्षक अभिभावकबिच बैठक गरेर खाद्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रममा सिमान्तकृत समुदायका २७ जना विद्यार्थिहरुलाई चामल, दाल, तेल, मसला, नुनलगायतका अत्यावश्यकीय सामग्री वितरण गरिएको वाइबाले बताइन् ।
यसै गरी अन्य तिन वटा विद्यालयहरु सगरमाथा आधारभुत विद्यालय, राक्सीराङ्ग गाउंपालिकाका वडा नं ५ स्थित प्रजा जागृति आधारभुत विद्यालय, सूर्योदय माध्यमिक विद्यालय सरिखेतमा पनि क्रमश शिक्षक अभिभावक बैठक र खाद्यान्न सामग्री वितरण कार्यक्रम संचालन गरिने उनले बताइन् ।
सिमान्तकृत समुदायका बालबालिकाहरु परिक्षका समयमा अभिभावक मजदुरी कामका लागि बाहिर जाने र बालबालिका पनि साथै लैजाने हुनाले पढाइ छाड्ने प्रवृति रहिआएकोले विद्यालय छाड्नु पर्ने बाध्य नहोस भनेर खाद्यान्न वितरण गरिएको उनले बताइन् ।
“बालबालिका नियमित रुपमा परिक्षामा सामेल होस भन्ने हेतुले परिक्षाको पूर्व सन्ध्यामा यसरी खाद्यान्न सामग्री वितरण गरिएको हो” हिमराइट्सकी इन्दु गोलेले भनिन् ।