मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ नया बस्ति भन्ने ठाउँमा दुर्घटना हुंदा १४ जना घाइते भएका छन् ।
पुर्व-पश्चिम राजमार्गको हेटौंडा चितवन सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको ना ७ ख १३२६ न.को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी२५ फिट तल बारीमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण राज ढकालको नेतृत्वमा परिचालित प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।
घाईतेहरूको उद्धार गरी भरतपुर अस्पताल पठाईएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताईको छ ।