मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।
बागमती सरकारमा सहभागी राप्रपाले आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउदै र सरकारलाई दिएको समर्थन लिने निर्णय केही हप्ता अघि गरेको थियो । त्यसपछि राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरूले राजिनामा दिए पछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेशले सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।
राष्ट्रपती चयनको विषयमा केन्द्रीय राजनीतिमा नयाँ गठबन्धन निर्माण भए पछि त्यस्को प्रभाव प्रदेश सरकारमा समेत परेको हो । बागमती प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रस्ताब पेश गर्ने बताइएको छ ।