मकवानपुर । पुर्व-पश्चिम सडक खण्ड अन्तरगत हेटौंडामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका ११ थानाभर्याङ नवलपुरबाट हेटौडातर्फ आउदै गरेको मधेश प्रदेश०३-००१च ६९४३ नं.को गाडिले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
अन्दाजी ४० की मृतक महिलाको नामथर नखुलेको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते अवस्थामा रहेकी उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । शव हाल हेटौंडा अस्पतालको शव गृहमा रहेको प्रहरी सहायक निरीक्षक राजेश साहले बताए ।