मकवानपुर । फेमकोल एकेडेमी हेटौंडा पदमपोखरीको १५ औ अभिभावक भेला आइतबार भएको छ । अभिभावक भेलमा अग्नि नियन्त्रणकाे उपायदेखि विभिन्न आकर्षक प्रस्तुति दिइएकाे थियाे ।
भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललिल घलानको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलामा बोल्दै जिसस प्रमुख घलानले शिक्षा क्षेत्रको सुधारको लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यालय सञ्चालकहरु मात्रै लागि परेर सुधार नहुने बताए ।

शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यालय सञ्चालकहरुसँगै स्वयम अभिभावकले चासो राख्नुपर्ने उनले बताए । समयको माग अनुसारको परिवर्तित शिक्षण सिकाइबारे शिक्षकहरु अपडेट हुने र अभिभावकहरुले पनि आफ्ना नानीबाबुहरुको पढाएप्रति जिज्ञासा राख्नु पर्ने घलानले बताए ।
कार्यक्रमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णप्रसाद घिमिरले पछिल्लो समय प्राविधिक र सिपमुलक शिक्षाको आवश्यकता बढेकोले यसै अनुसार चासो दिनुपर्ने बताए । अभिभावकले पनि शिक्षक तथा आफ्ना बालबालिकाको अनुगमन गर्नुपर्ने अभिभारा रहेको घिमिरेले बताए ।
कार्यक्रममा हेटौंडा १३ को वडा अध्यक्ष पेम्बा लामाले बालबालिकाको सिकाइमा सक्रियता चाखलाग्दो रहेको बताए । निजी विद्यालयहरुमा हुने आर्थिक लगानीलाई हेरेर शिक्षामा सम्झौता गर्न नहुने लामाले बताए ।

एकेडेमीमा हाल ६५० विद्यार्थी अध्ययनरत रहेको संस्थापक पृन्सिपल केशव मुडवरी बताए । भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष बगान सिं थिङ्गको अध्यक्षतामा भेला भएको थियो । भेलामा विद्यालय बिषय शिक्षकलाई सम्मान गरिएको मुडवरीले बताए ।
कार्यक्रममा महिला मिलन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बिष्नुमाया स्याङ्बो, प्याब्सनका विनाेद सुबेदी तथा महेन्द्र माबिका सहायक प्रेन्सिपल अमर उप्रेतीले बालबालिकालाई प्रबिधिको नाममा अनलाइनमा सहभागी हुदा आईपर्न सक्ने समस्या प्रती पनि सचेत रहन अनुरोध गरे ।

कार्यक्रममा नेपाल स्काउटको टोलीले आगलागी नियन्त्रणबाट बाँच्ने उपायबारे डेमो प्रदर्शनी गरेका थिए, भने विभिन्न तहका विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए ।
भिडियो यहाँ हेर्न सकिने छ ।