मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारको मनोनयन पत्र वितरण हुने भएको छ ।
भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।