मकवानपुर। मकवानपुरकाे भिमफेदीमा खाेलामा डुबेर १ जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा डुबेर मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ की ४३ वर्षिय मुना लिम्बुको मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
स्थानीय राप्ती खोलामा माछा मार्ने क्रममा लडेर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक लिम्बु छारोराेगी रहेको बताइएको छ । माछा मार्ने क्रममा अचानक छारेरोगले समातेपछी खोलामा लडि पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखेको, मुचुल्का तथा थप अनुसन्धान कार्यको लागि प्रहरीको टोली खटिएको जनाएको छ ।