मकवानपुर । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मकवानपुरमा सचेतनामुलका विभिन्न कार्यक्रम गरिएको छ ।
सप्ताहव्यापि रुपमा आयोजना गरिएको कार्यक्रममा प्रदेशको समाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका तथा जिल्लामा सक्रिय गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रम गरेका थिए ।
अभियान अन्तरगत बक्तृत्वकला प्रतियोगिता, मैत्रीपूर्ण फुटसल, दीप प्रज्वलन, सचेतना -यालीलगायतको कार्यक्रम गरिएको थियो । सप्ताहव्यापि कार्यक्रमको अन्तिम दिन ८ मार्चमा सचेतनामुलक -याली गरिएको थियो । -यालीमा सामुदायि प्रहरीदेखि गैससकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैगरी सप्ताह अन्तरगत “हिंसा न्युनीकरणमा हाम्रो भूमिका” विषयक बक्तृत्वकला प्रतियोगिता गरिएको थियो । जसमा हेटौंडा–१४ का जानुका दवाडी प्रथम भएकी भएकी थिइन् । वडास्तरीय महिला सञ्जालका बिच भएको प्रतियोगितामा हेटौंडा– ७ का कमला शर्मा द्धितिय, १२ का लक्ष्मी ढुङगेल तृतिय हुँदा हेटौंडा–४ की राधिका चौलागाईले सान्त्वना भएकी थिइन् ।

यसैगरी अभियान अन्तरगत बिहान भएको मैत्रीपुर्ण महिला फुटबल प्रतियोगितामा भएको महिला कर्मचारी / जनप्रतिनिधी बिरुद्ध महिला संजाल बिचको खेल १–१ गोलको बराबरीमा टुङगिएको थियो ।
त्यस्तै पुरुष कर्मचारी/ जनप्रतिनिधी बिरुद्ध संजाल बिचको खेलमा कर्मचारी / जनप्रतिनिधी मिश्रीत समुहले जित हात पारेको थियो । प्रतियोगितामा हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले पुरस्कार बितरण गरेकी थिइन् ।
कार्यक्रममा महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला हिंसा बिरुद्धका सञ्जालमा आवद्ध सस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

यसैगरी अन्तराष्ट्रिय महिला अधिकार दिवसको अवसरमा हेटौडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । हेटौडामा सबैले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी सामुहिक रुपमा उद्धघाटन गर्दै संबिधानमा महिला, पुुरुष र यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समान अधिकार भएकोले ब्यबहारमा कार्यान्वयनमा ल्याउन सन्देश दिईएको थियो ।
लैगिंक हिंसा बिरुद्ध पुरुष सहभागिता संजाल – मेन ईगेज एलायन्सका मकबानपुरका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता हेटौडा उपमहानगर पालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका समाजिक विकास महाशाखाका चन्द कुमारी ब्यन्जनकार, हेटौडा उपमहानगर पालिकाको सामाजिक विकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महिला बालबालिका तथा जेष्ट नागरीक सेबा केन्द्र जिल्ला प्रहरी कार्यालयको चुडा कुमारी खड्का, फेन्ड् हेटौडाकोे प्रमुख किरण थापा, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवालगायतको उपस्थिती रहेको थियो ।

अमेरीकाको न्युर्योक सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफुहरु माथी भएको असमानताको बिरुद्धमा, कामको घण्टा छोट्याउन, समान कामको समान ज्याला र मताधिकारको माग सहित -याली गरेसंगै नारी दिवसको सुरुवात भएको थियो भने सन् १९१० माभएको कोपनहागन कन्फरेन्स अफ बर्किङ विमिन सम्मेलनमा महिला अधिकारबादी क्लारा जेटकिनले अन्तराष्ट्रिय नारी दिवस मनाउन सुझाब दिएकी थिइन ।
त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए र उनिहरुले त्यस सुझाबलाई सर्ब सम्मत रुपमा सहमती जनाएका थिए । त्यसपछि सन् १९११ मा पहिलो पटक अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो ।
सन् १९१४ देखि मात्र मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । सन १९७२ डिसेम्बरका १८ का दिन संयक्त राष्ट संघको साधारण सभाले एक प्रस्ताब पारित गरेर सन् १९७५ लाई मा संयुक्त राष्ट्र संङघले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारीक रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाए पछि यो दिवस अन्तराष्ट्रिय बन्न पुगेको अधिवक्ता अप्सरा बस्नेतले बताइन ।