सामाजमा जरा गाडेर बसेको पुरातनवादी तथा पुरुषवादी संरचनामा परिर्वतन भई महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपुर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकार सुनिश्चित गर्दै, कसुर पीडित महिलालाई सम्मानपूर्वक समाजमा पुनस्थापन गर्न सक्ने वातावरण नबनेसम्म नारी दिवस मनाउनको लागी मनाएको जस्तोमात्र देखिन्छ ।
सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a Sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को ११२ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको थियो भने “लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार” DigitAll ː Innovation and Technology for Gender Equality भन्ने मुल नाराका साथ ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाउन गई रहेका छौ ।
अन्तराष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । यो दिवस महिला जागरुकताको दिवस पनि हो । यो दिवस मनाउनुको मुख्य उदेश्य महिला प्रति सम्मान व्यक्त गर्नु र लैगिंक समानता, महिलाको समान अधिकार, महिला माथि हुने हिंसाहरु प्रति जागरुकता बढाउनु हो ।
नारी दिवसको पृष्टभुमी
अमेरीकाको न्युर्योक सहरमा सन्. १९०८ मा १५ हजार महिलाले आफुहरु माथी भएको असमानताको बिरुद्धमा, कामको घण्टा छोट्याउन ,समान कामको समान ज्याला र मताधिकारको माग सहित -याली गरेसंगै नारी दिवसको सुरुवात भएको थियो भने सन् १९१० माभएको कोपनहागन कन्फरेन्स अफ बर्किङ विमिन सम्मेलनमा महिला अधिकारबादी क्लारा जेटकिनले अन्तराष्ट्रिय नारी दिवस मनाउन सुझाब दिएकी थिइन ।
हाम्रो देश नेपालको सन्दर्भमा भने जतिनै महिला अधिकार र हिंसा, विभेद अन्त्य गर्नुपर्ने नीति,कानुन निर्माण भएतापनि दिनानु दिन महिलाहरु मथि बढ्दो हिंसा एंव कसुरले दिवस मनाई रहनु माथिको सार्थकता एवं औचित्य माथि ठाडो प्रश्न खडा भएको छ ।
त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए र उनिहरुले त्यस सुझावलाई सर्ब सम्मत रुपमा सहमती जनाएका थिए । त्यसपछि सन् १९११ मा पहिलो पटक अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइएको थियो । सन् १९१४ देखि मात्र मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । सन १९७२ डिसेम्बरका १८ का दिन संयक्त राष्ट संघको साधारण सभाले एक प्रस्ताब पारित गरेर सन् १९७५ लाई नारी दिवस वर्षको रुपमा राष्ट्र संङघले मनाउन सुरु गरेपछि नारी दिवस औपचारीक रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाए पछि यो दिवस अन्तराष्ट्रिय बन्न पुगेको हो ।
संसारका बिभिन्न देशले ५० औं अन्तराष्ट्रिय नारी दिवस मनाई सकेपछि मात्र बि.सं २०१६ सालमा विपि कोइराला प्रधानमन्त्री भएको वेलादेखि मात्र हाम्रो देश नेपालमा यो दिवस मनाउन थालियो । वि.सं.२०१६ सालमा प्रधानमन्त्री विपि कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको भएपनि महिलालाई मताधिकारको अधिकार प्राप्ती भने प्रजातन्त्रको प्राप्ती सँगै वि.सं.२००७ सालबाट भएको हो । यो दिवस महिला अधिकारको लागि माग गर्दै मनाइएको हो ।
नारी दिवसको प्रभाब
विश्वव्यापी रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाउन थालेपछि र बिभिन्न समयमा हुने गरेका महिलावादी आन्दोलनहरुको कारण सामाजिक, आर्थिक लगायत बिकास लगायतका अन्य धेरै क्षेत्रहरुमा नारीहरुको सक्रिय सहभागीता बढ्न थालेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि राष्ट्रको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व भएको छ तापनि हाम्रो नेपाली समाजको पैतृक लैङ्गीक संरचनाको कारण दैनिक जसो समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन् कति कानूनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटा बिच अनेक बहानामा लुकाइन्छन्, दवाइन्छन् अथवा बाहिर निस्कना नपाई समाजको गर्भमा नै तुयाईन्छन ।
हाम्रो देश नेपालले महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी १९८१ लाई अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएको नेताले महासन्धीमा भएका सबै प्रावधानलाई पालना गर्नु राज्यको परम कर्तव्य हो । राज्यले अन्तराष्ट्रिय महासन्धीमा भएका व्यवस्थाहरुलाई घरेलु कानूनहरुमा आन्तरिकीकरण गर्न महिला अधिकारलाई कानून र संविधानमा सुरक्षित गरेको छ ।
महिलाहरुको अबस्थाः
हाम्रो हिन्दु धर्मशास्त्र अनुुसार “जहाँ नारी पुजिन्छिन् ,त्यहाँ देवता बस्दछन्” भन्ने कथन छ जसले नारीलाई सम्मान गर्नुपर्ने कुरा बताउछ तर सो एकादेशको कथन मात्र भएको छ । हाम्रो देश नेपालको सन्दर्भमा भने जतिनै महिला अधिकार र हिंसा, विभेद अन्त्य गर्नुपर्ने नीति,कानुन निर्माण भएतापनि दिनानु दिन महिलाहरु मथि बढ्दो हिंसा एंव कसुरले दिवस मनाई रहनु माथिको सार्थकता एवं औचित्य माथि ठाडो प्रश्न खडा भएको छ ।
प्रयाप्त ऐन कानूनमा व्यवस्था गरि महिला हिंसा नियन्त्रण गर्न पहल कदमी चालेकोले केही उच्च तह र तप्कामा महिलाको प्रतिनिधित्व देखिए तापनि अंर्थ पुर्ण देखिएको छैन र समग्रमा महिलाको स्तर र जीवनयापनमा भने सुखद एंव सुरक्षीत अनुभूति गर्न सकिने गरी सामाजिक दृष्टिकोणमा समेत परिवर्तन भएको छैन । बनेका नीति, नियम, ऐन, कानून र संविधानको मकसद एकातिर र वास्तविकता अर्कोतिर भएको व्यहोरा घाम जतिकै छर्लङ्ग छ । महिला भएकै कारण सांस्कृतिक, आर्थिक, शारीरिक एंव मानसिक रुपमा विभेद भोग्न नेपाली महिलाहरु बाध्य छन् ।
सामाजमा जरा गाडेर बसेको पुरातनवादी तथा पुरुषवादी संरचनामा परिर्वतन भई महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपुर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकार सुिनश्चित गर्दै, कसुर पीडित महिलालाई सम्मानपूर्वक समाजमा पुनस्थापन गर्न सक्ने वातावरण नबनेसम्म नारी दिवस मनाउनको लागी मनाएको जस्तोमात्र देखिन्छ । त्यसैले महिला प्रतिको हेयको दृष्टीकोण नै परिबर्तन हुनु जरुरी रहेको छ ।
बस्नेत, जिल्ला अदालत बार एशोसिएसन, मकवानपुरकाे अध्यक्ष हुनुहुन्छ ।