मकवानपुर । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयकाे आयाेजना हाजिरी जवाफ प्रतियोगिता भएको छ ।
माेहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्रकाे व्यवस्थापनमा १ सय १३ औ अन्तरास्ट्रिय महिला दिवसकाे अवसरमा वडास्तरीय अन्तर स्वास्थ्य आमा समूहबीच हाजिरी जवाफ प्रतियाेगिता भएकाे हो । प्रतियोगितामा सफल आमा समूह प्रथम भएको छ ।
यसैगरी प्रतियाेगितामा श्रमिक, जाल्पादेवी, पञ्चकन्या र प्रगति क्रमश:द्वितीय, तृतीय र सान्त्वना भएका छन् । प्रतियोगितामा बिजेता हुदै प्रथम हुने समुहले ७ हजार, द्वितीय हुने समुगले ५ हजार, तृतीयले ३ हजार, सान्त्वनाले १ हजार तथा प्रमाण पत्र प्राप्त गरेका माेहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्र प्रमुख निर्मला ब्लाेनले बताइन ।
४ नं. वडा अध्यक्ष नवीन सिग्देलले भाैतिक विकासकाे साथै मानवीय विकासकाे लागि अतिरिक्त क्रियाकलापकाे आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए । वडा सदस्य गीता त्रिपाठीकाे सभाध्यक्षता भएकाे कार्यक्रममा बाग्मती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्यहरू जनरल श्रेष्ठ, जग्गनाथ पाण्डे, ५ नं. वडा सदस्य रञ्जिता सिलवाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, महिला जागरण समूहकका अध्यक्ष राधिका चाैलागाईँ, सृजनशिल नेपालका अध्यक्ष शान्ता वराललगायतकाे उपस्थिति रहेकाे थियाे ।