मकवानपुर । आजबाट फागु अर्थात होलि पर्व सुरु भएको छ । यसै सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले फागु (होली) पर्वमा शुुभकामना दिदै फागु पर्व मौलिक विशेषतायुक्त संस्कृति बोकेको पर्व भएकोले राष्ट्रिय एकता कायम राख्ने बताएका छन ।
फागु पर्वको अबसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले ‘बहुजातीय, बहुभाषिक,बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइँने यस्ता पर्वले नेपालीहरुबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने भनेका छन ।’
प्रमुख शर्माको शुभकामना सन्देशमा होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्बर्ध्दन गर्न सके राष्ट्रिय गौरवको धरोहर जर्गेना हुन सक्ने उल्लेख छ । यसलाई खुशी र सद्भावको पर्वका रुपमा मनाउँनुपर्ने भन्दै प्रमुख शर्माले भनेका छन,‘फागुलाई आपसी खुशी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउँनु पर्दछ ।’
होलीले हाम्रो जीवन पनि उत्साहका रंगहरु भर्दै उल्लासमय बनाउन सकोस भन्ने कामना पनि प्रमुख शर्माले व्यक्त गरेका छन ।
रंगहरुको पर्व फागु (होली) आज पहाडी तथा हिमाली एवं भोलि तराईका जिल्लाहरुमा मनाइँदैछ ।