मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले मकवानपुरलाई बागमती प्रदेशको शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताएका छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन बागमती प्रदेश मकवानपुर जिल्ला तथा हेटौँडाको नगर अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मकवानपुर र हेटौँडालाई शैक्षिक हब बनाउने विषयमा शिक्षासँग सम्वन्धित ब्यक्तित्वहरुसँग सहकार्य गरेर प्रदेश सरकार अघि बढन तयार बताए । मन्त्री श्रेष्ठले मकवानपुर बागमती प्रदेशको सबैभन्दा ठुलो शिक्षाको हबको रुपमा विकशित हुँदै गैरहेकोले शिक्षाको गुणस्तर बढाउने विषयमा प्रदेश सरकारले ध्यान दिएको बताए ।
मकवानपुरमा तराईका जिल्लाहरुबाट आउने विद्यार्थीको संख्यामा बृद्धि हुनु, मकवानपुर आसपासका जिल्लाबाट समेत विद्यार्थीहरुको रोजाईमा पर्नुले यहाँको शिक्षाको अवस्था राम्रो रहेको सन्देश दिएको भन्दै मन्त्री श्रेष्ठले प्रदेशको राजधानी हेटौँडामा प्रदेश विश्वविद्यालय बनाउने विषयमा सरकारले काम गरिरहेको बताए ।
‘मकवानपुरमा प्राविधिक शिक्षाको क्षेत्रमा समेत विकास हुँदै गएको छ’ उनले भने ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी विश्वविद्यालयको काम अघि बढिसकेको छ ।’ यहाँका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिईएको र अब उच्च माध्यामिक मात्र नभएर क्याम्पस लेभलमा पनि प्राविधिक विषय अध्ययन हुने वातावरण बनाउन प्रदेश सरकार तयार रहेकोको उनले बताए ।
इस्टु बागमतीमा बर्तौला, मकवानपुरमा रिजाल र हेटौंडामा मिश्र
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को प्रदेश, जिल्ला र हेटौंडा नगरको अधिवेशनले क्रमश सुदीप बर्तौला, रामशरण रिजाल र नविन मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न हेटौंडामा बागमती मकवानपुर र नगर तीन तहको अधिवेशनबाट बर्तौला, रिजाल र मिश्र अध्यक्ष चयन भएका हुन् ।

बर्तौलाको अध्यक्षतामा गठन प्रदेश समिति उपाध्यक्ष शोभा बास्तोला पंगेनी (चितवन), शंकर पौडेल (काठमाडौं), नारायण चालिसे (काठमाडौं), विष्णु आले (ललितपुर), सचिव सिएम रिमाल (मकवानपुर), सहसचिवमा कृष्णप्रसाद गौतम (काठमाडौं), कोषाध्यक्षमा शिक्षाराज अधिकारी (चितवन) चयन भएका छन् ।
यस्तै प्रदेश समितिको सदस्यहरुमा स्वर्णलाल गुरुङ, सुचित कुमार ठाकुर, सरोज श्रेष्ठ, नारायण चापागाई, महेश कुमार श्रेष्ठ, नवराज धरेल, पुरुषोत्तम खनाल, विमला शाह, प्रल्हाद गिरी, पूण्यशिला श्रेष्ठ, बुद्ध सापकोटा, शोभा न्यौपाने र धनन्जय जोशी चयन भएका छन् ।
यस्तै रामशरण रिजालको अध्यक्षतामा गठित इस्टु मकवानपुरमाको वरिष्ठ उपाध्यक्षमा समीर ढकाल, उपाध्यक्षमा शुभद्रा सापकोटा, निर्माण गजुरेल, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन भएका छन् भने सदस्यहरुमा प्रदीप धिताल, मनोज कुमार मिश्र, राकेश ठाकुर लोहार, समता विडारी र विशाल घिमिरे चयन भएका छन् ।
यसैगरी नवीन मिश्र अध्यक्ष रहेको हेटौंडा नगर इस्टुको उपाध्यक्षमा विधान आचार्य र उमाकुमारी जर्गा, सचिवमा विकेश तामाङ, सहसचिवमा गोपाल घिमिरे र कोषाध्यक्षमा धिरज लामा चयन भएका छन् । यस्तै सदस्यहरुमा युवराज बिश्वकर्मा, नवीन परियार, श्रीराम तिमल्सिना र दिपेश अधिकारी चयन भएको छन।