
सरस्वती पौडेल
एक पटक बाच्न छ तिम्रो,आस पास भएर ।
त्यो तिम्रो धड्कन भएर अनि, स्वास भएर ।
धरा सरि ध्वजा फाटेको दिल हुँदाहुँदै पनि,
अर्को चट्याङ चपाउने मन छ ,आकाश भएर।
हर मौसम मुस्कुराउदै ,हर फूल मुस्कुराउदै,
तिम्रो अधर सुम्सुमाउन मन छ, बतास भएर ।
चलोस् रंगमञ्चमा कहानी लेखियोस् प्रेमको,
सकियोस् यो जिन्दगानी यस्तै, मिठास भएर।
भरतपुर चितवन