- गोपिनी दाहाल
मकवानपुर । बाल संरक्षण, मानव बेचविखन तथा ओसारपसार विरुद्ध बनेका कानुनी प्रावधानहरु पूर्ण रुपमा कार्यन्वयन नहुँदा अपेक्षित प्रगती हासिल हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
समस्यामा परेकाहरुको पहिचान गरेर समस्याबाट उद्धार गरेपछि व्यवस्थापन तथा दीगो जीवनको लागि पहल गर्ने निकाय नहुँदा पीडित प्रभावितहरुको अवस्थामा सुधार आउन नसकेको बताइएको हो ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेललर्ड) ले हेटौंडामा आयोजना गरेको बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारका मुद्दाहरुको सम्बन्धमा स्थानीय सञ्चारकर्मीहरु र स्थानीय सरकारबीच छलफल कार्यक्रममा यस्तो सवाल उठाइएको हो ।
मानव बेचविखन तथा ओसारपसारका विरुद्ध भएमा विद्यमान संघीय र स्थानीय कानूनहरू र यी मुद्दाहरूमा स्थानीय स्तरमा विद्यमान चुनौतीहरूका बारेमा छलफल गर्ने स्थानीय सञ्चार माध्यममा बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारकासँग सम्बन्धित समाचारको प्रवृत्ति, पीडित प्रभावित मैत्री मिडिया रिपोर्टिङ र विद्यमान चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो दायित्वभन्दा मतको स्वार्थ बढी राखेको पाइएको गुनासो गरेको थिए ।
स्थानीय सरकारले बालबालिकाहरुलाई बालश्रमबाट उद्धार गरेर पनि व्यवस्थापनमा चासो नदिएको कारण बालबालिकाको अवस्था सुधार हुन नसकेको सहभागीहरुले बताए । बालबालिकाहरुको सवालमा रिर्पोटिङ गर्दा आमसञ्चारले गोपनीयताको ख्याल राख्दै आचार संहिताको पालना गरेपनी सामाजिक सञ्जालले गोपनीयताको ख्याल नगर्दा आफूहरुले आक्षप खेप्नुपरेको पत्रकारहरुले बताएका थिए ।
मानव बेचबिखन तथा ओसारपसारबाट उद्धार गरिएकाहरुलाई दीगो व्यवस्थापन गर्न उनीहरुको आयआर्जन तथा सिप विकास गरी जीविका निर्वाहको आधार तय गर्न सकेमात्रै पुनस्थापनाको चरणमा टेवा पुग्ने भएकोले यसतर्फ ध्यान दिन पत्रकारहरुले सुझावसमेत दिएका छन् ।
सेलर्ड मकवानपुर र शक्ति समुहको संयुक्त आयोजनामा सुरक्षाका लागि साथ साथ परियोजना अन्तर्गत बाल संरक्षण र मानव बेचविखन बिरुद्द स्थानीय तह र संचारकर्मीहरु संगको प्रशिक्षण सरोकारवाला निकाय, संचारकर्मिहरुसंग छलफल कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सेलर्डका फिल्ड प्रमुख जगन्नाथ सुवेदी, पत्रकार सरिता दाहाल, तथा हेटौडा उपमहानगरपालिका महिला शाखा प्रमुख विना ठिकेले सहजिकरण गरेका थिए ।
हेटौडा उपमहानगरपालिका महिला शाखा प्रमुख विना ठिकेले गत मंसिरयता मात्रै बालश्रमबाट ७ जना बालबालिकालाई परिवारमा पुनस्थापना गरेको तर उनीहरु मध्ये केही फेरी श्रममा फर्केको बताइन् ।
कार्यक्रममा सेलर्डका सुवेदीले मानव वेचविखन सम्बन्त्री कानुनमा बेश्यावृत्तिको शब्द प्रयोग गरिनु हरेक व्यक्तिमा भएको आत्मसम्मान प्रति चोट पु¥याएको बताए । व्यक्तिको आत्मासम्मान र गोपनीयताको सवालमा सधैं ध्यान दिनुपर्ने उनले बताए । नेपालका बालगृहमा बालबालिकाहरु असुरक्षित हुने गरेको सहभागीहरुले बताए ।
यसैगरी संचारिका समूह नेपालकी बागमति प्रदेश अध्यक्ष पत्रकार सरिता दाहालले मानव बेचविखन, ओसारपसार तथा बालबालिकाको अधिकार उल्लंघनका विषयमा पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता भित्र रहेर प्रसार, प्रकाशन गर्नुपर्ने, बालअधिकारको उल्लंघन र बालबालिको हित प्रतिकुल नहुने गरि सुचना प्रकाशन गर्नुपर्ने बताइन् ।
समाजप्रति संचारमाध्यमको दायित्व पुरा गर्न सदा सचेत हुनुपर्ने पत्रकार दाहालले बताइन् । विभिन्न सामाजिक संजालका कारण पत्रकार आचारसंहितामा आच आउने गरेको र यस्ता सवाल पत्रकारहरुको लागि भने चुनौतीको रुपमा रहेको उनले बताइन् ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड राष्ट्रिय स्तरमा कार्यरत एक गैर सरकारी संस्था हो। यस संस्था आफ्नो स्थापना कालदेखि नै मानवअधिकारको रक्षा, कानूनी शासनको स्थापना र सबैका लागि न्यायमा पहुँच स्थापना गर्नका लागि कार्यरत रहेको सुवेदीले बताए ।
सेलर्ड नेपालका न्याय तथा फौजदारी न्याय प्रणाली, मानव अधिकार र अनौपचारीक न्याय प्रणालीका विषयमा अध्ययन अनुसन्धान तथा वकालत गर्दै महिला, बालबालिका तथा सिमान्तकृत समुदायको न्यायमा सहज पहुँचको प्रवर्धनका लागि निशुल्क कानूनी सहायता, न्याय क्षेत्रका सरोकारवालाहरुको क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु संचालन गर्दै न्यायमा सबैको पहुँच स्थापना गर्ने उद्देश्यले कार्यरत रहेको सुवेदीले बताए । यस संस्था, संयुक्त राज्य अमेरिकाको विदेश विभाग अन्तर्गतको मानव बेचविखनको नियन्त्रण र अनुगमन कार्यालय तथा एक्प्याट नग्जम्बर्गको सहयोगमा र शक्ति समूह समेतको सहकार्यमा नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको बाल अधिकार परिषद्सँगको संयुक्त संयोजनमा सुरक्षाको लागि साथ साथ परियोजना आगामी २०८० भदौसम्मको लागि मकवानपुरमा पनि काम गर्दै आएको छ ।