हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा भएको आखा शिविरमा ५१ जनाको शल्यक्रिया गरिएको छ । बकैया जेसिसको आयोजनामा बकैया ४ गरगरे स्थित बकैया आधारभूत अस्पतालमा तीन दिनेसम्म संचालन भएको निःशुल्क आँखा जाँच तथा मोतिविन्दुको शल्यक्रिया शिविरमा ५ सय ५६ जनाको आँखा परीक्षण गरिएको छ ।
बकैया जेसीजले बकैया गाउँपालिको आर्थिक सहयोग, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौं र बकैया आधारभूत अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो ।
बकैया गाउँपालिकामा भएको शिविरबाट गाउँपालिकाका १२ वटै वडा तथा छिमेकी बागमती गाउँपालिकाका आँखामा समस्या भएकाहरुलाई समेत लाभ पुगेको जेसीजका कोषाध्यक्ष विवेक बोलखेले बताए ।
जेसिसका कार्यकारी उपाध्यक्ष सुशील घिमिरेको संयोजनमा भएको समापन कार्यक्रममा बकैया जेसिज वर्ष २०२३ का अध्यक्ष अमोद बस्नेतले आगामी दिनमा पनि बकैया जेसीजले सामजिक क्रियाकलापलाई निरन्तरता दिने बताए ।
शिविर समापनमा बकैया गाउँपाकिला उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नंबर ४ का वडाध्यक्ष राजन दंगाल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकी डाक्टर पुनम श्रेष्ठ, हेटौँडा जेसिजका पब्लीक रिलेशन अफिसर संग्राम बल लामा, बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुँयाल लगाएतको उपस्थिति थियो ।