मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा कार्यक्रम भएको हो ।
माघ २० गते शुक्रबार हेटौंडा ४ रोयल पार्टी प्यालेसमा २६ वटा स्टलमा सामाजिक, गणित र विज्ञान प्रदर्शनी गरिएको थियो । हेटौंडा ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहेको प्रदर्शनी संगै सास्कृतिक कार्यक्रम समेत भएको हो ।
शिक्षामा गुणस्तर सुधारका लागि असल र रचनात्मक प्रयत्न गर्न, शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन, एकअर्काकाे शैक्षिक अनुभवलाई आदानप्रदान गर्न, शिक्षामा गरिएकाे आजकाे खर्च हाेईन, भाेलीकाे लागि लगानी हाे, भन्ने स्थापित गर्न,शिक्षामा बजेट, श्राेत, साधन र प्रविधिलाई प्रवर्द्वन गर्न, शैक्षिक क्षेत्रमा हामी केही न केही परिवर्तन गर्न, शैक्षिक जागरणकाे माध्यमद्वारा सामाजिक रूपान्तरण गर्ने उदेश्यले बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरिएको ४ नम्बर वडा अध्यक्ष नविन सिक्देलले बताए ।
दिनभर चलेको प्रदर्शनीको करिब १० हजार जनाले अवलोकन गरेको बताइएको छ ।
