मकवानपुर । हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नविन सिग्देलले शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । माघ २० गते दिनभर हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम आयोजना हुने सिग्देलले बताए ।
शिक्षालाई प्रतिस्पर्धातमक बनाउने गरी गुणस्तर सुधारको काममा लागिएको बताउदै उनले पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्यक्रम र बाहिर २६ वटा स्टल राखेर प्रदर्शनी गरिने जानकारी दिए । १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा हेटौंडा वडा नम्बर ४ का निजी तथा सरकारी विद्यालय तथा क्याम्पसको सहभागिता रहने बताइएको छ ।