मकवानपुर । माघे संक्रान्तिका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले प्रेस विज्ञप्ती जारी गर्दै माघे संक्रान्तिको शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति वा माघी पर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको उल्लेख गरिएको छ ।
नेपालमा मनाइँने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै शर्माले यस्ता पर्वले नेपालीहरुलाई एउटै सुत्रमा बाँध्ने काम गरेको बताए । जारी विज्ञप्तीमा भनिएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व हुन्।’प्रमुखको शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ।’
माघी पर्वले एक आपसमा सद्भाव,सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेछ भन्ने विश्वास लिएको बताए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दिए माघे/मकर संक्रान्तिको शुभकामना
यसैगरी बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालमा मनाइने चाड माघे/मकर संक्रान्तिको अवसरमा शुभकामना दिएका छन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा शुभकामना दिएका हुन।
आइतबार विज्ञप्ती निकालेर उनले शुभकामना दिएका हुन । शुभकामनामा भनिएको छ ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश विभिन्न सांस्कृतिक पर्व तथा चाडहरु हाम्रा सांस्कृतिक सम्पतिको रुपमा रहेका छन् । साथै यस किसिमका पर्वहरु हामी नेपालीहरुको अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचानका रुपमा स्थापित भएका छन्।’
विज्ञप्तीमार्फत जम्कट्टेलले अघि भनेका छन थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।
‘नेपाल भित्र रहेका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ- आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेका छन्। यी चाडपर्वहरुले हामी बिच सामाजिक एकता स्थापित गर्न सफल भएको अनुभूति गरेको छु’ उनले शुभकामना दिदै भनेका छन ‘सबै जाति, भाषा, धर्म र समुदाय बिचको सामाजिक तथा राष्ट्रिय एकता सुदृढ गर्दै जनचाहना अनुरुप आर्थिक समृद्धिको दिशामा देशलाइ अघि बढाउनु आजको आवश्यकता हो । यस पर्वका अवसरमा बागमती प्रदेश भित्रका विभिन्न स्थानहरुमा लाग्ने मेला पर्व महोत्सव जस्ता संस्कृतिहरुको संरक्षण र विकास गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।’
