मकवानपुर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्सले फाइनल यात्रा तय गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनल प्रबेश गरेको हो ।
बुधबार राति फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले एक-एक गोल गरे । थियोले ५ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
अब विश्वकप २०२२ उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । यसअघि मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्त पुष ३ गते आइतबार हुने भएको छ । सेमिफाइनलमा पराजित क्रोएसिया र मोरक्को तेस्रो स्थानको लागि पुस २ गते शनिबार खेल्ने छन् ।