एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित भयो ।
यो बिजयीसंगै ब्राजिल र क्रोसिया अन्तिम १६ औ बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मध्यान्तर अगाडी नै ४-० ले अग्रता लिएको थियो भने मध्यान्तर पछि दक्षिण कोरियाले एक गोल गरेको थियो । ब्राजिलको तर्फबाट भिनिसियस जुनियर, नेमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेट अगाडी पालैसंग गोल गरेका थिए । ७६ औं मिनेटमा दक्षिण कोरियाले एक गोल फर्कायो । अब ब्राजिल शुक्रबार क्रोसियासंग भिड्ने छ ।
यता, फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको हाे । जापान र क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो ।