मकवानपुर । विश्वकप फुटबल २०२२ अन्तर्गत आजबाट अन्तिम १६ को खेल हुदैछ । कतार विश्वकपको अन्तिम १६ को समीकरण पूरा भए संगै अन्तिम १६ को खेल हुने भएको हो । आज शनिबार बिहान सम्पन्न समूह चरणका दुई खेलपछि अन्तिम १६ का सबै टोलीको टुङ्गो लागेको थियो।
जसअनुसार आज अन्तिम १६ अन्तर्गत पहिलो खेल नेपाली समयअनुसार राति ८:४५ नेदरल्याण्ड्स र अमेरिका भिड्दैछन् । नेदरल्याण्ड्स समूह ‘ए’को विजेता बन्दै समूह ‘बी’को उपविजेता अमेरिकासँग भिड्न लागेको हो। यसैगरी आज राति १२:४५ मा समूह ‘सी’को विजेता अर्जेन्टिना र समूह ‘डी’को उपविजेता अष्ट्रेलिया एकअर्काविरुद्ध भिड्दैछन्।
यस्तै समूह ‘ए’को उपविजेता सेनेगलले समूह ‘बी’को विजेता इङ्ग्ल्याण्डविरुद्ध खेल्नेछ। यो खेल सोमबार राति १२:४५ मा हुनेछ। सोमबार राति ८:४५ मा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। जापान समूह ‘ई’को विजेता हो भने क्रोएसिया समूह ‘एफ’को उपविजेता हो।
समुह ‘सी’को उपविजेता पोल्याण्ड र ‘डी’को विजेता फ्रान्सबीचको खेल भोलि राति ८:४५ मा हुनेछ। समूह ‘ई’को उपविजेता स्पेन र समूह ‘एफ’को विजेता मोरक्कोबीचको खेल मङ्गलबार राति ८:४५ मा हुनेछ।
यसैगरी ‘जी’ समूहको विजेता ब्राजिलले ‘एच’ समूहको उपविजेता दक्षिण कोरियाको सामना गर्नछ। यो खेल मङ्गलबार राति १२:४५ मा हुनेछ। ‘जी’ समूहकै उपविजेता स्विट्जरल्याण्डले भने ‘एच’ समूहको विजेता पोर्चुगलको सामना गर्नेछ। बुधबार राति १२:४५ मा यो खेल हुनेछ।
अन्तिम १६ मध्ये आठ टोली क्वार्टरफाइनलका लागि छनोट हुनेछन् ।