मकवानपुर । कर दिवसको अवसरमा १४ उत्कृष्ट करदाता तथा संघ संस्थालाई सम्मानित भएका छन् । आन्तरिक राजश्व विभागले कर दिवसमा उत्कृष्ट व्यावसायिक संघ–संस्था करदातालाई सम्मान गरेको हो । सरकारलाई धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनीकाे नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको हाे ।
आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन् भने जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाह व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानीत भएका छन् ।
यस्तै शिवशक्ति निर्यातमा र विशेष विधाअन्तर्गत राजेश मेटल क्राफ्ट सम्मानित भएका छन्। कृषि क्षेत्रमा ओसिबी फिड्स एन्ड फुड उत्कृष्ट भएका छन्। बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ भने लघुवित्ततर्फ छिमेक लघुबित्त र बैंकहरुमा नबिल बैँकले सबैभन्दा बढी कर तिरेको छ ।
ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर तिरेर सम्मानित भएको छ । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ । स्वास्थ्य क्षेत्रमा नोबेल टिचिङ हस्पिटल र पर्यटनतर्फ मनकामना केबुलकार प्रालि सम्मानित भएका छन्। वस्तु व्यापार हंशराज हुलास प्रालि, ऊर्जामा चिलिमे जलविद्युत् कम्पनी सम्मानित गरिएको छ । मध्यम स्तरीय करदातामा नेपाल धितोपत्र विनिमय बजार र रेमिट्यान्स कम्पनीमा आईएमई रहेका छन्।
गत वर्ष सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको थियो। निर्यात उद्योगतर्फ भारतीय लगानीको डाबर नेपाल, व्यक्तिगतततर्फ सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा भएका थिए।
उनी हरेक वर्ष सबैभन्दा बढी आय कर तिरेर सम्मानित हुँदै आएका थिए। गत वर्ष राणा दोस्रोमा थिए भने जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर साह सर्वाधिक आयकर बुझाउनेको सूचीमा परेका थिए।
आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ। २०५४ मंसिर १ गतेदेखि सरकारले भ्याट लागू गरेको हो।‘स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो।