मकवानपुर । मकवानपुरको मतगणना स्थलमा प्रवेश गरेको सबारी साधन बाहिर निकालिएको छ । अन्य उम्मेद्वारको मोवाईल समेत लान नदिएको प्रहरीले मतगणना स्थलमा इन्द्रबहादुर बानीयाँको गाडीलाई प्रवेश गर्न दिएपछि हेटौँडाको सिद्धार्थ मावि स्थल परिषरमा केहिबेर तनाव सृजना भएको थियो ।
अरु उम्मेद्वार तथा पत्रकारहरुलाई समेत मतगणना स्थलको चौरमा सबारी पार्किङ गर्न नदिएको प्रहरीले बानीयाँको सबारीलाई सरासर प्रवेश अनुमति दिएपछि मतगणना सुन्न आएका नागरिकहरुले चर्को नारावाजी गरेका थिए । नारावाजी पछि प्रहरीले सबारीलाई निकालिएको हो ।
