मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीले लामालाई लागूऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुलसहित हेटौडा १५ राताेमाटेबाट पक्राउ गरेको हो । विहीबार बिहान ११ बजेको समयमा हेटौंडा-१५ रातोमाटेस्थित पुर्व–पश्चिम राजमार्गमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट नारायणघाटतर्फ जादैं गरेकाे ना ५ ख १७५८ नम्वरको बसलाई रोकि चेक जाँच गर्दा बसमा सवार लामाको साथबाट उक्त परिमाणको लागूऔषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
लागूऔषध र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।