मकवानपुर । मकवानपुरमा १ सय ५७ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १ सय ४८ रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मनहरी र भीमफेदी गाउँपालिकाका दुई/दुई जना, बकैया गाउँपालिकाका ३ जना, राक्सिराङ गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ५२६ जना पुगेको छ । जसमध्ये २ हजार ५१८ जना पुरुष र २ हजार ८ जना महिला रहेका छन् ।
लामखुट्टेको टोकाईबाट हुने डेंगु देशका ७७ वटै जिल्लामा फैलिएको छ । हालसम्म देशभर ४२ हजार ५०४ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको कारण हालसम्म ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।