मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा मलेसिया प्रस्थान गरेकी छन् । मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानब बस्ती व्यवस्थापनको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको संस्था ‘सिटिनेट’ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन नगर प्रमुख लामा मलेसिया गएकी हुन् ।
उनलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकियअधिकृत शिबराज चौलागाईले बिदाई गरेका छन् । आइतबार काठमाडौं गएपछि सोमबार दिउँसोको हवाई यात्राबाट नगर प्रमुखला मलेसिया प्रस्थान गर्ने कार्यसुची रहेको नगरप्रमुखको सचिवालयले जनाएको छ । प्रमुख लामा १ सय ३५ भन्दा बढि मुलुकका नगरपालिका, गैरसरकारी सस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरुको साझा सस्था सिटिनेटको नवौं सभामा सहभागी हुने बताइएको छ ।
सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह र बिभिन्न सस्थाको नेतृत्व गर्दै नगरप्रमुख लामा मलेसिया गएकी हुन् । सभा असोजको ४ गते देखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ । सभामा जानु पूर्व सिटिनेटको सदस्य रहेका नेपालका स्थानीय तह र समाजिक संघसस्थाको हेटौंडामा बैठक सञ्चालन गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाको आतिथ्यतामा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु मर्हजनले नवौं सभामा उम्मेदवारीको घोषणा गरेका थिए ।
अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने तयारी पछि नगर प्रमुख लामाले कार्य जिम्मेवारी उपप्रमुख बानियाँलाई दिएकी छन् ।