नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । विहीवार इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले मूल्य बढाईएको निगमले जनाएको छ ।
निगमले मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको विज्ञप्ति प्रकाशित गरि जनाएको हो । बढेको मूल्य विहीवार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । यससँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ ।
पेट्रोलमा भने मूल्य बढाइएको छैन । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आए पनि नेपालमा घटाइएको छैन ।