प्रीति आत्रेय ज्ञवाली
सम्बन्ध यो गाँसियो
लघु विधाको साइनो
भावना धेरै फराकिलो ।
नेपालमा उब्जियो
देश विदेश फैलियो
विविध भाषामा फक्रिँदै ।
सम्बन्ध र मित्रता
सँगसँगै छ साहित्य
मानक बनेको साइनो ।
आफ्नै नेपालीपन
जोडेको सबैको मन
साइनोले माला गाँसेको ।
साइनोको सौन्दर्य
तपाईँ हामी माझमा
‘साइनो सौरभ’ हातमा ।
छ यो सबैको प्यारो
शब्दले मन जोडेको
साइनोको नाता बलियो ।
जुटौँ हामी सबै लौ
साइनो विधामा रम्न
साहित्यको रसास्वादन ।
बुटवल