(कविता)
- सन्देश घिमिरे
बिदाईका हातरु हल्लिरहदा
आखाँको परेलिबाट झरेका आशुँसंगै
निशब्द ओठहरु
दुई धर्सा डोबहरु गालासम्म
पोतिएर लत्पतिएका गाजलु नयनहरु
त्यो शोक पीडामा
हासिरहेछन ति चहेराहरु
लुकाइ चाउरिएका मुजाहरु
मेरा कोखमा अन्त्यस्टीका फुलगुच्छा अर्पण गर्दै
एकोरो संखघोस
अनि अश्रुका बलिन्द्र धारा संगै
पिडामा छाती पिटिरहेछन
अस्तु शेष रहुन्जेल
कामना गर्दै
अलबिदा ती
अनन्तका अशिम सपनाहरु !!
ओहो कस्तो अवशाद , स्वप्नलोकको त्रासले
झल्यास्स ब्युजदै गर्दा
देख्छु,
एका बिहानै बादलले ढाकेर निष्पट अध्यारो
कर्कश आवाजले मेघ गर्जेर लिइ आइरहेछन ती अशुभ पल