मकवानपुर । अधिवक्ता बसन्त कुमार सिटौला मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा चयन भएका छन् । आज भएको संघको अधिवेशनले सिटौलालाई अध्यक्षमा चयन गरेको हो ।
भलिबल संघका केन्द्रिय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्यतामा भएको पाचौँ अधिवेशनले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा पूर्व शिक्षक तथा खेलाडी ईन्द्रप्रसाद संजेल र भलिबलको राष्ट्रिय खेलाडी तथा प्रहरी निरीक्षक चुँडा खड्का चयन भएका छन् ।
संघको महासचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा शंकर कार्की र कार्यसमिति सदस्यहरुमा मनोज लामा वाइवा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पोखरेल, सिशम माझी, राजु घले र रञ्जन अमात्य चयन भएका हुन् ।

अधिवेशन संघका निवर्तामान अध्यक्ष विन्द्रलाल श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । भलिबल खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने निवर्तामान अध्यक्ष श्रेष्ठले बताए ।