मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनियमितताको क्रम अझै रोकिएको छैन ।
प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परीक्षा ब्यक्तिगत समस्याको कारण रोकीएपछि फेरी विद्यार्थीहरू समस्यामा परेका छन् ।
परीक्षा रोकीदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारिण गरेको थियो । प्राबिधीक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्क विहीन भएको बिद्यार्थीहरुको गुनासो छ ।
परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकीएको भन्दै बिद्यार्थीहरु आक्रोशीत बनेका छन् । बिद्यार्थीहरुलाई भर्ना लिँदा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट बिद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि बिद्यार्थीहरुले त्यसको प्रतिबाद गरेका थिए ।
शुल्ककै विषयमा बिद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकीएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेटे बैठकले निर्णय गरेपछि विवाद टुङ्गीने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् ।
शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी ब्यस्ततालाई म्यानेज गर्नैका लागि परीक्षा नै स्थगित गरेको विद्यार्थीले बताएका छन् । “उहाँको निजि पारिवारिक समस्या थियो, त्यसको म्यानेज गर्न उहाँ परीक्षा नै स्थगित गरेर सम्पर्क बिहिन हुनुभयो” एक छात्रले भने “हाम्रो परीक्षा र नतिजाबारे के हुने हामी अन्यौलमा छौ ।
मकवानपुर र आसपासका जिल्लाको स्वास्थ सेवामा प्रभाकारीता बढाउंदै आएको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग गरि प्रतिष्ठान चितवन जिल्लामा सार्ने तयारीमा प्रदेश सरकार लागेपछि यसको तिव्र बिरोध हुंदै आएको छ । प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपतिलाई निलम्बनदेखि विभिन्न हर्कत गर्दै आएको छ ।