मकवानपुर । रूपन्देहीबाट झापा लैजादै गरेको कागज बनाएर ल्याइएको गाईगोरू हेटौडामा अलपत्र परेका छन् ।
खरिद बिलमा उल्लेख गरिएको र फिल्डमा देखिएको गाई गोरुको संङ्ख्या नमिलेपछि हेटौंडामा जिल्ला प्रशासन र प्रहरीले गाई गोरु बरामद गरेको थियो । पशु स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनको रोहबरमा बरामद गरिएको गाई गोरु अहिले अलपत्र परेका हुन् ।
गाई र गोरुको संङ्ख्य नछुट्याइ बिलमा जम्मा ११७ वटा उल्लेख गरेर ल्याइदै गरेको तर वास्तममा गोरू ६४ गाई ६९ गरी १३३ वटा जनावर रहेको छ ।
जसका ३ वटा गाई गम्भिर बिरामी रहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाको प्रमुख ब्रज किशोर ठाकुरले जनावर सहित ४ वटा ट्रक बरामद गरेको बताए ।
झापा भनेर बंगलादेश पु¥याइ मासुको प्रयोजनमा बिक्रि गर्न लागिएको आशंकामा गाईहरु बरामद गरिएको बिज्ञ केन्द्रका प्रमुख ठाकुरले बताए । उनका अनुसार हेटौंडालाई ट्राञ्जिट प्वाइन्टको रुपमा लिएर बर्षौदेखि गाईहरु तस्कार हुने गरेका छन् । जनवारसँगै तस्कार गर्न प्रयोग गरिएको लु २ ख ७५५, लु २ ख ६०४, लु २ ख ५९३ र लु २ ख ७५७ ट्रकहरू पनि प्रशासनले बरामद गरेको छ ।
“बिलमा उपलब्ध नम्बरमा सम्पर्क गर्दा नक्कली हो भन्ने पत्ता जानकारी आएको छ, तर आधिकारी भेरीफाइ गर्न बाँकी छ” मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने ।
रुपन्देही देखि मकवानपुरको हेटौंडा रहेका दर्जनौ प्रहरी कार्यालय पासगर्दै अवैध जनवार बोकेको गाडी कसरी यहाँ आइपुगे, प्रहरीमाथि पनि शंका छ । यरबारे विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।