मन गहिरे
१.
देखेको भन्दा पनि यहाँ नसोचेका कुरा हुन्छन्
पुरा होलान् सपनाहरू कति अधुरा हुन्छन्
बिश्वास के हुन्छ खै घात प्रति घातको दोसाँधमा
मुखले राम राम भन्नेहरु कै बगलीमा छुरा हुन्छन् ।
२.
कैले लाभ हुन्छ त यहाँ कैले हानी हुन्छ
कसैको भुल्ने,कसैको सम्झने बानी हुन्छ
दुश्मनी मात्रै कति गर्छौ बाचुन्जेल यहाँ
शरीर त आखिर डढेर खरानी हुन्छ ।
३.
सुकुम्बासीलाई बास बनाउने पुर्जा मिलोस्
खेलमा सधैं जीतको झन्डी र बुर्जा मिलोस्
नपरोस् कहिले हजारौंको भिडमा एक्लै हुन
साथ र संगतले जीवन जिउने उर्जा मिलोस् !!
तानसेन,पाल्पा