लक्ष्मी रेग्मी खनाल
१.
नभन मलाई तिम्रो आफ्नै सुर छ
मेरो शिरमा त पराईको सिन्दुर छ
साथ अनि काख पराइको भए पनि,
यो मनमा तिम्रो नै माया मधुर छ ।
२.
मनमा एउटा शिरमा अर्को सजाएकी थिए
भित्रभित्रै रुदै बाहिर त्यसै लजाएकी थिए
उपनाम पाए धोकेबाजको होइन भनाै ,
भक्कानिएर रुदै पञ्चेबाजा बजाएकी थिए ।
३.
सपनाहरु सब टुटे झै लाग्छ
गन्तव्यहरु सब छुटे झै लाग्छ
कति के के बाहाना बनाउ र खै !
समयले नै सब लुटे झै लाग्छ ।
४.
सपना पक्कै टुट्छ एक दिन
सिसा पनि फुट्छ एक दिन
जोसँग सजाए हजार सपना
उसैसँग साथ छुट्छ एक दिन ।
वालिङ् स्याङ्जा