मकवानपुर/संविधानमा व्यवस्था भए बमोजिम नै तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न युवाहरुले माग गरेका छन् ।
नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गर्दै स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने माग गरेको हो। पछिल्लो समय भएको प्रट्रोलिय पदार्थलगायतमा भएको मूल्य वृद्धि र्फिता गर्दै मुल्य बृद्धिमा नियन्त्रण हुनु पर्ने माग पनि राखेको छ । हेटौंडामा प्रदर्शसनी गर्दै प्रदशनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा समेत माग गरेको हो । युवा संघले हेटौंडाको बुद्धचोक प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेको थियो ।
प्रदर्शनपश्चात् बुद्धचोकमा भएको कोणसभामा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटीले मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमालेले स्थानीय तहको मिति घोषणा माग गर्दै हाल देशैभर प्रदर्शन गरिरहेको छ । सात्ताधारी नेताहरुले आम नेपालीको हितमा सोच्न छाडेर पदीय लोभमा फस्न थालेको वक्ताहरुको आरोप थियो ।