मकवानपुर । पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । थप १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साेही अवधीमा काेराेना संक्रमण भएका ८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १८ हजार १ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४ सय ३२ तथा ७ हजार ८ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको हाे । मंगलबार थपिएका समेत नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ । मंगलबार मृत्यु भएका थप ८ जना समेत मृत्यु हुनेको कूल संख्या ११ हजार ६ सय ६७ पुगेको छ । यसैगरी ८ लाख २७ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभरमा ८८ हजार ९ सय ३४ सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार १ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८ सय १७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २ सय ४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मकवानपुरमा थप १ सय ४६ जनामा कोरोना संक्रमण
मकवानपुरमा मंगलबार थप १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १९ जनामा पीसीआर परीक्षण गर्दा ७८ जना र १ सय २१ जनामा एन्टीजेन परीक्षण गर्दा ६८ जना गरि थप १ सय ४६ जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
काेराेना पुष्टि भएकाहरुमा १ सय २ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । १८ जना मकवानपुरगढी गाउँपलिकाका, १६ जना मनहरी गाउँपालिकाका, ८ जना थाहा नगरपालिकाका र २ जना बकैया गाउँपालिका भित्रका रहेका छन् ।
यसैगरि,जिल्लामा आज थप २ सय ३६ जना संक्रमितले कोरोना जितेका छन् । हाल जिल्लामा १ हजार ६ सय २७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्।