झरना पराजुली
मनका इच्छा चाहनाहरू मरेर गए ।
हिसाब गरिन कति आँसु खेर गए ।
किन धेरै मुस्कुराउछौ भनेर नसोध्नु
दु:ख सुनाउदा सुन्नेहरू हासेर गए ।
सहयोगी छु भन्थे पल्लाघरे छिमेकी
हो रहेछ रुख चढाइ फेद ढालेर गए ।
सौतेनीआमा तिमी आएपछि नै हो
मेरी आमालाई बाबाले छोडेर गए ।
चोखो माया गर्छु भनेर झुट नबोल
तिमीबिना मर्छु भन्नेहरू बाचेर गए ।
राइनास नगरपालिका, लमजुङ