मकवानपुर । मकवानपुरमा साेमबारबाट मास्क नलगाई हिँडडुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना हुने भएको छ ।
आईतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई संक्रामक राेग एेन २०२० बमाेजिम एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
मकवानपुरमा कोरोना संक्रमणको जोखिम बढेको र जनस्वास्थ्यको मापदण्डलाई पालना गराउन सार्वजनिक स्थलमा विना मास्क हिडडुल गर्नेलाई तत्काल सुरक्षाकर्मी मार्फत एक सय रुपैया जरिवान गरिने प्रमु्ख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा जारी सूचनामा जनाइएकाे छ ।
