मकवानपुर । मकवानपुर जिल्लामा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आइतबार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जना गरी ९१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका २६ जना रहेका छन् ।
यसैगरी, थाहानगरपालिकाका १९ जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, मनहरी गाउँपालिकाका २२ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १७ हजार ६३ जना पुगेको छ ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ४ सय १५ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
देशभर ६ हजार ४ सय ६२ जना कोरोना संक्रमित
नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४ सय ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा आइतबार ३ हजार ७ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ८ सय ६८, ललितपुर ६ सय २ र भक्तपुरमा ३ सय २१ जना रहेका छन् । मन्त्रालयका अनुसार, यसअघि शनिबार २० हजार १ सय ८७ जनामा परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । देशभर कोरोनाको औसत संक्रमण दर ४१ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।