मकवानपुर । मकवानपुर प्रहरीले बकैया गाउँपालिकामा लगाइएको अबैध गाँजा र अफिम खेती फडानी गरी नष्ट गरेको छ ।
शनिबार गाउँपालिका वडा नंबर ६ गढवान र भोगटे क्षेत्रमा २९ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ४ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको १५ जनाको प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरेको हो ।
