मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । उनले भने, ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु ।’
सम्बाेधनमा उनले स्थानीय तहकाे निर्वाचनकाे बारे ठाेस प्रतिवद्धता भने दिन सकेनन् । तर उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्री देउवाले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको समेत सम्बाेधनकाे क्रममा दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ