मकवानपुर । मकवानपुर प्रहरीले तोकिएकोभन्दा बढी वजन बोक्ने ९७ वटा टिपरलाई कारबाही गरेको छ । प्रहरीको चेकिङ टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानबाट उक्त टिपरलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ टाेलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा– १ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पुर्वपश्चिम लोकमार्गमा टिपरकाे चेकजाँच गरेकाे थियाे ।
चेकजाँचकाे क्रममा उक्त टिपरले तोकिएकोभन्दा बढी वजन बाेकेकाे पाइएकाेले नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।