- मन्दिरा चापागाईं
“उमेर पुगेका युवायुवती विवाहै नगरि सङ्गै बस्नु समाज र कानून बिपरित हो। सम्बन्धको बारेमा दुबै पक्षमा कुरा पुर्याउनुपर्छ र विवाह गर्नुपर्छ । ” प्रेम बहादुरले छोरा प्रकाशलाई सम्झाउदै भने ।
“प्रेममा चुर्लुम्म डुबेको बेला सङ्गै बस्न मन लाग्नु अस्वभाविक होइन । जीवन सङ्गै बिताउनु चाहिँ फरक कुरा हो । “
“जीवनमा एकैपटक बिबाह गर्नुछ । मन परेपनि नपरेपनि आत्मीयता निख्रीएको संवन्धमा आजीवन बस्नुभन्दा मन परेका मान्छेको साथमा जीवन बिताउँन सकिन्छ सकिन्न भनेर परिक्षण पछि निर्णयमा पुग्नु उचित हो ।
वैवाहिक जीवन सधैं आदर्श सुन्दर र रमाईलै हुन्छ भन्ने पनि छैन् ।”ओठे जवाफ लायो छोरा प्रकाशले ।
“तँलाई त होला । युवतीले अन्तरहृदय बाट मन पराएर यहिसङ्ग जीवन बिताउँछु भनेर प्रण गरेकी पनि त हुन सक्छे । अन्तरघात गर्नु महापाप हो ।” बुबाले सम्हालिएर सम्झाउदै गए ।
“आफ्नो जीन्दगीको मालिक आफूभन्दा बढी अरु हुन्न बा ! “छोराको यहि सवालदेखि बुबाको मन कुंडियो ।
यसरी बेलायतमा भएको छोरासित कुरा नभएको पनि पाँच बर्ष बित्यो । यो अवधिमा धेरै जनासङ्ग लिभिङ टुगेदरमा बस्दै छोड्दै गरेको खबर पाए बाबुआमाले । केहि युवती त मानसिक सन्तुलन गुमाएर औषधिको सहारामा बाँचिरहेका छन् रे ।
जानेसुने सम्मका तीर्थब्रत गरेर जन्मेको छोरो , एक वचन सार्हो नबोली एक लबटो नहिर्काई टाउकोमा चढाएर हुर्काईयो । अब पुर्पुरोमा हात लाएर बस्नु सिवाय के नै बाँकी रह्यो र !
“दुनियाँका छोरीचेलिको शरीर र भावना सङ्ग खेलबाड गरेको पाप लाग्छ तेरो छोरालाई । त्यसले आजीवन अविवाहित बस्नुपर्छ । ” प्रेमबहादुर स्वास्नीसङ्ग फतफताउँदै थिए ।
प्रकाशको फोन आयो ।
प्रेम बहादुरले भारीमनले सोधेको जवाफ फर्काउँदै अन्त्यमा “तेरि बहिनिको पनि बेहाल छ । आफूले त काठमाडौ पढ्न पठाएको, लिभिङ्ग टुगेदरमा बसेको केटाले छोडेर पागल झैँ भा”की छ रे ! समाजमा मुख देखाउन सकिएन । ” सुनाए ।
“छोरी मान्छे भएर लिभिङ्ग टुगेदरमा बस्ने भा”की …….। त्यो केटालाई त्यसै छोड्दिन…..” उसको आवाज कठोर बन्दैथियो ।
सभापोखरी -१,संखुवासभा
2 Comments
Anish
मिस को कलम सदा सफलताको बिन्दु चुम्न सकोस। यस्तै यस्तै समस्मयिक सन्देश्मुलक कथाहरु सधैं झुल्किरहोस्। Keep your writing touch the stars! -A Sankhuwasabhali Guy(Anishlamsong).
सहीखबर डेस्क
s