मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना महामारी र नियन्त्रण र सरकारको ६ महिने काम कारबाही, आगामी निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा उनकाे सम्बाेधन केन्द्रित हुने छ । गत असार २९ गते देउवा प्रधानमन्त्री भएका थिए ।