मकवानपुर । मकवानपुरमा पछिल्लाे २४ घण्टामा १ सय ८१ जना काेराेना संक्रमित थपिएका छन् । देशै भर काेराना संक्रमितकाे संख्या बढेसँगै मकवानपुरमा पनि संक्रमितकाे संख्या पछिल्लाे समय बढ्नेक्रममा रहेकाे छ । हाल मकवानपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा १ सय ८१ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको हो ।
गएकाे २४ घण्टामा १ सय ८९ जनाको पीसीआर र ७१ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा क्रमशः १ सय ३३ जना र ४८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका लक्ष्मण घिमिरेले जानकारी दिए । बुधबार मकवानपुरमा २ सय ४६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये ९ जना अस्पतालमा र १ हजार २ सय ५९ जना घरमै उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिकाका १ सय ३६ जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिकाका २२ जना, मकवानपुरगढी गाउँपालिकाका ८ जना, थाहा नगरपालिकाका ७ जना, बकैंया गाउँपालिकाका ६ जना, भिमफेदी र कैलाश गाउँपालिका एक–एक जना रहेका छन् ।
सक्रिय संक्रमित सबैभन्दा हेटौंडा उपमहानगरमा ९ सय २६ जना, मनहरीमा १ सय ७२ जना, मकवानपुरगढीमा ७४ जना, थाहा नगरमा ४८ जना, बकैंयामा २७ जना, भिमफेदीमा १३ जना, कैलाशमा ६ जना, राक्सिराङ्ग र बागमतीमा एक–एक जना रहेका छन् । इन्द्रसरोबर गाउँपालिकामा भने संक्रमण शुन्य रहेको घिमिरेले बताए ।
गत २४ घण्टामा कोरोना संक्रमित ३ जना निको भएका छन । हालसम्म १५ हजार ३ सय ५९ जना कोरोना संक्रमित निको भएका छन् भने १ सय ७० जनाको संक्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोभिडविरुद्धको दुबै मात्रमा खोप लगाउने दुई लाख ४ सय ४ जना रहेको कार्यालय प्रमुख भीमसागर गुरागााईले जानकारी दिएका छन् ।
