मकवानपुर । मकवानपुर प्रहरीले गाँजासहित १ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित राम बहादुर घलानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा बरामद भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।