मकवानपुर । हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने तयारी रहेको थियो । संघका महासचिव युनाल मल्लले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् ।
मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
